ठूलो भेरीमा जीप खस्याे, १० जनाकाे घटनास्थलमै मृत्यु
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
593
Shares
काठमाडाैं । ठूलो भेरीमा जीप खसेकाे छ । जीप दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । डोल्पाको दुनैबाट सुनपानी जाँदै गरेको भे १ च १६ ५५ नम्बरको जिप ठूलो भेरीमा खस्दा १० जनाको मृत्यु डोल्पाका डिएसपी अवदेश विष्टले पुष्टि गरे ।
दुर्घटनामा पुरुष ६ जना, २ महिला र २ बालबालिकाकाे मृत्यु भएकाे छ । उनीहरुकाे पहिचान भने खुलिसकेकाे छैन । २ जना सख्त घाइते छन्। उपचारका लागि चिकित्सककाे टाेली नै घटनास्थल पुगेकाे प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।