पत्रकार महासंघको दवावपछि राससका १७ स्थानीय संवाददाताको पुनर्बहाली
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
306
Shares
काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न जिल्ला कार्यरत स्थानीय संवाददाता (स्ट्रिङ्गर) हरुलाई पुनर्बहाली गर्न दिएको लगातार दवावपछि राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापनले १७ जना स्ट्रिङ्गरको पुनर्बहाली गरेको छ ।
मंगलबार रासस व्यवस्थापन र पत्रकार महासंघको टोली बिच एक सम्झौता भइ १७ जना स्थानीय संवाददाताको पुनर्बहाली गरिएको हो । महासंघको श्रमजिवी हित प्रबद्र्धन समितिको अगुवाइमा आन्दोलन गर्ने चेतावनी र पत्रपछि दशैंअघि १० जना र मंगलबार थप सातजना स्थानीय संवाददाता पुनर्बहाली गरेको महासंघले जनाएको छ ।
रासस व्यवस्थापन र पत्रकार महासंघको टोली बिच पाँचौपटकको छलफल र संवादपछि १७ जना स्ट्रिङ्गर पुनर्बहाली गर्न रासस व्यवस्थापन सहमत भएको हो । यसअघि नेपाल प्रेश युनियन लगायत अन्य संस्थाले समेत पुनर्बहालीको दबाव दिदै आएका थिए ।