arrow

माइक्रोबसको ठक्करबाट एक महिलाको मृत्यु

logo
प्रकाशित २०७५ कार्तिक २० मंगलबार

रुकुम  । रुकुम (पश्चिम)मा माइक्रोबसले ठक्कर दिंदा देउसीभैलो खेल्दै गरेकी एक महिलाको मृत्यु भएको छ । मंगलबार सल्यान बागचौर नरपालिका–१२ को स्थानीय आमा समुहको देउसीभैलोको समुह जिल्लाको त्रिवेणी गाउँपालिकाको झुल्नेटा बजार तर्फ आउँदै गर्दा नेपालगञ्जबाट जिल्लाको मुसिकोट खलंगा तर्फ आउँदै गरेको  भे १ ज १००० नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।

माइक्रोबसको ठक्करबाट सल्यान बागचौर नगरपालिका–१२ की ३८ वर्षीया कल्पना ओलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो सल्यान र रुकुम (पश्चिम)को सिमाना खौला बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ । बाटोमा हिडिरहेका उनिहरुलाई ठक्कर दिंदा कल्पना र सोहि ठाउँकी २८ वर्षीया दुर्गा केसी घाइते भएका थिए ।

कल्पनाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार घाइते दुर्गाको अवस्था भने सामान्य रहेको छ । उनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ