arrow

पुनर्वासमा २ केजी चरेस र लागुऔषध सहित ६ जना पक्राउ

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
pakrau.JPG

पुनर्वास । कञ्चनपुरको सिमान्त दक्षिणी क्षेत्रमा बढिरहेको  लागूऔषधको कारोबार  नियन्त्रणमा पहल गरेसंगै प्रहरीले चरेस र नाइट्राभेट सहित ६ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान बढाएको छ ।
 
चाडपर्वका बेला शान्ति, सुरक्षा र लागू औषध नियन्त्रणमा सक्रियता बढाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको गस्ती टोलिले लागुऔषध नाइट्राभेट ट्याब्लेट ५४ ,स्यामो क्याप्सुल २१ सहित कपिलबस्तु घर भइ कैलाली स्थित धनगढी उपमहानगर पालिका ५ बस्दै आएकी वर्ष २३ कि गोमा खत्री , धनगढी उपमहानगर पालिका २ बस्ने वर्ष २५ का सुनिल परियार , गोदावरी नगरपालिका ४ अत्तरिया बस्ने वर्ष २१ कि पुजा देउवा , धनगढी उपमहानगर पालिका २ बस्ने वर्ष २२ का सागर ताम्राकार र ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको युपि ३१ के जि ६१५ र  से ५ प ९१६९ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरि थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए ।

जिल्लाको दक्षिणी सीमान्त पुनर्वासमा हुँदै आएको  लागुऔषध नियन्त्रणमा सकृयता बढाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले सोमबार २ केजी चरेससहित धनगढी बेलौरी सडक खण्ड स्थित पुनर्वास नगरपालिका १० दोदा पुलबाट धनगढी उपमहानगर पालिका १ पशुपति टोल बस्ने वर्ष ३५ को साने आलम र सोही ठाउँ बस्ने वर्ष ३३ का शुनिल शर्मालाई से ४ प ६९१ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
 
कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वासबाट हुँदै आएको लागुऔषध ओसारपसारको कार्यमा युवाहरुकै संगलग्नता रहदै आएको तथ्य प्रहरीले ओसारपसारमा सकृय ब्यक्तिलाई नियन्त्रणमा लिए पछि उजागर भएको छ ।

अपराधिक गतिविधि र लागुऔषध ओसारपसारका हिसाबले अति संबेदनसिल क्षेत्र मानिएको पुनर्वासमा न्यून जनशक्ति र साधनश्रोतकै भरमा प्रहरीको पछिल्लो सफलताले निकै चर्चा र प्रशंसा देखिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ