कांग्रेसले गर्यो वरिष्ठ कानून व्यवसायी श्रेष्ठको निधन प्रति दुःख व्यक्त
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
609
Shares
काठमाडौं । वरिष्ठ कानून व्यवसायी कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा बुधबार भएको निधन प्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
सर्वोच्च अदालत बारका पहिलो अध्यक्ष, नेपाल बार एशोसिएसन र नेपाल कानून समाजको समेत अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका स्वर्गीय श्रेष्ठले नेपालको कानूनको क्षेत्रमा सक्रिय योगदान पुर्याएका थिए ।
उनको निधनबाट कानून क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसको निश्कर्ष रहेको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरुका छन् ।