arrow

अञ्जली दिदीको २२ औं सामूहिक भाइटीका

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
anjali-didi.jpg

काठमाडौं। काठमाडौंकी अञ्जली मास्केले यसपाली पनि सामूहिक भाइटीका लगाइदिँदैछन्। दिदीबहिनी नहुनेहरुका लागी अञ्जली मास्केले यसपाली पनि काठमाडौंको काष्टमण्डपमा सामुहिक टीका आयोजना गरेकी हुन्। २१ वर्षदेखि सामुहिक रुपमा टिका लगाइदिँदै आएकी मास्केले यसपाली पनि दाजुभाइको निधार खाली नराख्ने भन्दै सामुहिक टीका आयोजना गरेको बताइन्। उनले दिउँसो १ बजेपछि काष्ठमण्डप नजिकैको डबलीमा विभिन्न स्थानबाट आएका दाजुभाइहरुलाई टिका र आर्शिवाद दिँदैछन्। 

अहिलेसम्म मास्केको हातबाट ५ बर्षकादेखि १०१ बर्षसम्म उमेरका दाजुभाइले टीका लगाएका छन्। ७३ बर्षिया मास्केले भनिन्, “सबैमा भातृत्व भावना पैदा होस् र सुख शान्ति मिलोस् भन्ने कामना सहित आफुले सामुहीक भाइटिका गर्दै आएको छु”। उनको हातबाट राजनीतिक दलका नेता झलनाथ खनालदेखि जोगीसम्मले टीका लगाएका छन्। सामुहिक भाइपुजाका लागी कसैसँग आफुले सहयोगको अपेक्षा नगरेको पनि उनले बताइन्।

काष्ठमण्डप नहुँदा पनि भाइटीका लगाउनेको भने कमी नभएको उनको  भनाई छ। उनले प्रत्येक बर्ष २ सय जनाका लागि मसला, फलफुल, माला लगायतको व्यवस्था गर्ने गरेकी छन्। उनले भाइटीका कालागि दशैंदेखि नै तयारी शुरु गर्ने गरेकी छन्। उनको यो काममा परिवारका सदस्यले सहयोग गर्ने गरेका छन्। आफुले सकुन्जेल यो क्रम नरोकिने उनले बताइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ