arrow

खगेन्द्र संग्रौलाले लेखे ओली सरकारको दयनीय अवस्था

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
KHAGENDRA-SANGRAULA.jpg

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई चोरबाटोबाट अमेरिका गएको यथार्थ पत्रकारले लेख्दा कुटाइ खाएको बारे वरिष्ठ राजनीतिक समालोचक खगेन्द्र संग्रौलाले केपी शर्मा ओली नेतृत्वको सरकारको दयनीय अवस्थाबारे व्यङ्ग्य कसेका छन् । 

संग्रौलाले आफ्नै विश्वासपात्र शेरधन राईले ओलीलाई पत्तो नदिइ अमेरिका सुइकिएकोप्रति कडा कटाक्ष गरेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेका छन् – सिंहदरबारको अनुमति बिनानै चोरझैँ चोरबाटोबाट सुटुक्क अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जो भको समाचार लेख्ने लोकमणि राईलाई कुटाएछन्। ओली सरको कृपाले उच्च पद पाएका परम् भक्तले नै ओली सरलाई टेर्न छाडेपछि सत्तामा ओली सरको दशा त लास्टै दयनीय भएन र ?

शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा समाचार लेखेको भन्दै पत्रकार लोकमणि राईलाई कुटेका हुन् ।

तिहारको एक कार्यक्रम चल्दै गर्दा एक परिचितले पत्रकार राईलाई एकछिन बाहिर हिड् भन्दै कार्यक्रमस्थल बाहिर लगेर कुटपिट गरिएको बताइएको छ। 

घाइते पत्रकार राईलाई लगत्तै एम्बुलेन्स मार्फत स्थानीय एलमहर्स्ट हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो । ६ घण्टापछि राईलाई डिस्चार्ज गरिएको थियो ।

कुटपिट गरिएको मेडिकल परीक्षणको प्रमाण सहित आक्रमणकारी विरुद्ध प्रहरीमा उजुरी गरेको पत्रकार राइले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ