arrow

निर्मला पन्तको परिवार न्याय खोज्दै अनिश्चितकालीन धर्नामा 

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
Nirmala-Pant.jpg

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमा न्यायको खोजीमा अनिश्चितकालीन धर्ना सुरु गर्दैछन् । छोरीको हत्या भएको चार महिना हुन लाग्दासमेत सरकारले हत्यारालाई पक्राउ गरी कार्वाही गर्नेतर्फ खासै चासो नदेखाएपछि वाध्य भएर दबाब दिन निर्मलाको परिवार धर्नामा निस्किएको हो । 

निर्मलाका बुबा यज्ञराज पन्तले सरकारलाई दबाब दिन आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने बताए । धर्ना बस्नुअघि महेन्द्रनगरको मदनचोकमा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा  परिवारका सदस्य भेला भएर नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुग्ने कार्यक्रम छ । 

धर्ना कार्यक्रम हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन हुने पन्तले बताए । 

गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव भोलिपल्ट नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो । 

निर्मला हत्याकाण्ड पत्ता लगाउन बिभिन्न समिति बने पनि हत्यारा पत्ता लागेको छैन । बलात्कारको सम्बन्धमा चार जनाको डिएनएसमेत परीक्षण भएको थियो । 

दुई प्रहरी अधिकृतले यही काण्डमा जागिरबाट हात धोए पनि गृहमन्त्री र प्रधानमन्त्रीले नैतिकताका आधारमा केही पनि कदम चाल्न सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ