arrow

महासमिति सर्यो भने पार्टी नै खतरामा पर्छ  – डा कोइराला

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अब पनि पार्टीको महासमिति बैठक सर्ने हो भने सिंगो पार्टी नै खतरामा पर्ने जिकिर गरेका छन् । 
 
कांग्रेस महासमिति बैठक फेरि एक पटक सरेर मंसिर २८ गते गर्ने भनिएको छ । त्यो मिति पनि सर्यो भने सिंगो पार्टीलाई नै कमजोर बनाउने डा कोइरालाको भनाइ छ । 

उनले विधानमै महासमिति बैठक गर्नु जरुरी रहेकाले निरन्तर सर्दै जाने हो भने त्यसले घाटामात्र हुनेछ भने । 

महासमिति बैठक एक वर्ष सारियो भने सभापति त रहँदैन नै काँग्रेससमेत नरहने खतरा भएको उनको भनाइ छ । 

डा कोइरालाले विधानलाई राम्रो बनाउनेबारे अहिलेसम्म राम्ररी बहस नै हुन नसकेको भन्दै संस्थापन र गुटउपगुट अनावश्यक तरिकाले अगाडि बढेको बताएका छन् । 

उनले संस्थापन पक्ष पदाधिकारी नबढाउने र इतर पक्ष बढाउनु पर्छ भनेर सुरक्षित हुन खोजेको मात्र बताए । 

तर उनले संस्थापनले पदाधिकारी नबढाउने भन्नु हाँस्यास्पद रहेको भन्दै थपे, ‘संस्थापन पक्षले नै पदाधिकारी बढाइरहेको छ । दुई जना उपसभापति बनाइसकेको छ । अब संस्थापनले पदाधिकारी बढाउन पाइँदैन भन्न त मिलेन ।’ 

उनले विजयकुमार गच्छदारलाई उपसभापति बनाइनु नौलो नभएको पनि बताए । उनले भने, ‘पार्टी मर्ज हुँदा गच्छदारलाई उपसभापति बनाउने सहमति शेरबहादुर देउवाले गरेकाले अहिले गर्नु नौलो नभएको तर एक वर्ष ढिला गर्नु दुर्भाग्य हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ