काठमाडौं। नेवार समुदायले लक्ष्मीको बिसर्जन पुजा गरी यो बर्षको तिहारलाई बिदाई गरिएको छ। कार्तिक कृष्णपक्ष औशीका दिनमा घरघरमा भित्रयाइएको लक्ष्मीलाई कार्तिक शुक्लपक्ष तृतियाका दिन बिर्सजन पुजा गरी मन्दिरको यथास्थानमा फर्काइएको छ।
नेवार समुदायले औशिका दिन लक्ष्मीलाई मनपर्ने नेवारी भोज सहित चढाएका सबै फलफुल मिठाई बिसर्जन पुजा गरेर मात्र निकालेका छन।
औशीका दिन घरका मुली वा बुहारीले लक्ष्मी पुजा गरेर लक्ष्मी भित्रयाइन्छ भने कार्तिक शुक्ल तृतियाका दिन छोरीलाई बिर्सजन पुजामा सहभागि गराईन्छ।
छोरीलाई माइतमा बोलाएर लक्ष्मीको प्रसाद खुवाउनु पर्ने मान्यता नेवार समुदायमा छ। लक्ष्मीलाई चढाएका परिकार संगै भाइटिकामा ल्याएका सरसामान छोरीबेटी सबैसंगै बसेर खाने परम्परा छ।