arrow

तीन देशमा राजदूत सिफारिस, भारतका लागि नीलाम्बर आचार्य 

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
nilambar-acharya.jpg

 काठमाडौं । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । लामो समयदेखि खाली रहेको भारतको लागि राजदूतमा पूर्वमन्त्री एवं संविधानविद् नीलाम्बर आचार्य सिफारिसमा परेका छन् । 

आचार्य नेपाल–भारत सम्बन्ध सुधारका लागि गठित प्रवुद्ध व्यक्ति समूहका सदस्य पनि हुन् । 

यसअघि भारतका लागि राजदूतमा मन्त्रिपरिषद्ले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई नियुक्तिको सिफारिस गरेकोमा संवैधानिक निकायको प्रमुख भइसकेको व्यक्ति नियुक्त गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण उनको नियुक्ति स्थगन गरिएको थियो । 

नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले दिल्ली छाडेर प्रतिनिधि सभाको निर्वाचन लड्न आएदेखि भारतमा राजदूत खाली छ । 

 मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफरिस गरेको छ । 

उनीहरुको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि एग्रिमो स्वीकृतिका लागि सम्बद्ध देशमा पठाइनेछ  । एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।  

यद्यपि मन्त्रिपरिषद्को निर्णय भने औपचारिक रुपमा जानकारी दिइएको छैन । मन्त्रिपरिषदले आइतबारै अर्कै व्यवस्था गरेको छ । सरकारले सूचना लुकाउँदै, मन्त्रिपरिषद्का निर्णय अड्कलेर सार्वजनिक गरिने 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ