arrow

सुजाता कोइरालाको घरमा लञ्च मिटिङ, देउवा इतरको नयाँ गठबन्धन

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
congress7bhai.jpg

काठमाडौं । नेपाली काँग्रेस पार्टी सञ्चालनमा सभापति शेरबहादुर देउवाको भूमिका कमजोर भएको निष्कर्ष निकाल्दै देउवा इतर समूह एकजुट भएको छ ।

प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर हुँदै गएको र कम्युनिष्टसंग जुध्न सशक्त भूमिकाको खाँचो औंल्याउँदै नयाँ शिराबाट पार्टी लैजान आठ मूख्य नेताहरुको समूह एकजुट भएको हो । 

यसकै लागि सोमबार बिहान पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्री केन्द्रीय सदस्य सुजाताको घरमा लञ्च मिटिङ भएको छ । 

उक्त लञ्च मिटिङमा सुजातासंगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, रामशरण महत र डा शेेेखर कोइराला सहभागि थिए । 

सो समूहमा कृष्णप्रसाद सिटौला छुटेका छन् । सिटौलालाई समेत समेटर एउटै गुट बनाउने तयारी भए पनि विशेष कारणले उनी सहभागी नभएको बताइएको छ । देउवा इतर समूह बलियो हुनुपर्छ भन्नेमा सिटौला भएपनि उनी कारणवश नगएको बताइएको छ। यसअघि निरन्तर कम्युनिष्टसंग जुध्ने शक्ति चाहिने भन्दै मिटिङमा रहेका सिटौला लञ्च मिटिङमा छुटेका हुन् । 

पार्टीलाई बलियो बनाउनु पर्छ भन्दै अर्जुन नरसिंह केसीले निरन्तर प्रयास गर्दै आइरहेका छन् । केसी देउवा ग्याङबाट छुट्टिएका हुन् । 

त्यस्तै महामन्त्री डा शशांक कोइराला पहिले खुलेर नदेखिए पनि अब खुलेर देखिने भएका छन् । 

त्यसैगरी लञ्च मिटिङमा प्रकाशमान सिंहसमेत देखिँदा यसले नयाँ तरङ्ग र एकता ल्याएको छ । 

देउवा पक्षले पार्टीमा कुनै असमझदारी नरहेको बताइरहँदा बनेको नयाँ गठबन्धनको सन्देश स्पष्ट देखिएको छ । 

यसले आसन्न महासमिति बैठकलाई समेत प्रभाव पार्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ