बर्तमान सरकार नै संघियता खारेजीको पक्षमा : उदय शमशेर राणा
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
276
Shares
दोलखा। नेपाली कांग्रेसका नेता एवं पुर्ब अर्थराज्यमन्त्री उदय शमसेर राणाले बर्तमान सरकारनै संघियता खारेजीको पक्षमा लागेको बताएका छन्। प्रदेश र स्थानीय तह सञ्चालनका लागि महत्वपुर्ण नियम कानुनहरु निर्माण गर्न वित्तिय आयोग जरुरी भएको र उक्त आयोग निर्माण गर्न बर्तमान सरकारले आलटाल गर्दै संघियता खारेज गर्न खोजेको आरोप लगाएका हुन्।
पुर्बमन्त्री राणाले कांग्रेस नेतृत्वको सरकारमा आफु राज्यमन्त्री छँदा निर्बाचन आचारसंहिताको कारण देखाएर आयोग बनाउन नदिएको स्मरण गर्दै सरकार बनेको महिनौ बितिसक्दा पनि सो सम्बन्धि नियम कानुन निर्माण नहुँदा प्रदेश र स्थानीय तहको विकास निर्माणमा समस्या भएको बताएका छन्। उनले आफ्नो पार्टी सरकारमा छँदा सदस्य सचिब नियुक्त गरिएपनि उक्त आयोगलाई सरकारले खिल्ली उडाएको र जसका कारण मुलुकको अर्थतन्त्रमा ठुलो असर परेको दाबी गरेका छन्।
सोमबार दोलखाको बैतेश्वर गाउँपालिकास्थित गैरिमुदि गाउँमा आयोजित एक भब्य स्वास्थ्य शिबिरको उद्घाटन गर्न दोलखाको गैरिमुदी पुगेका पुर्बमन्त्री राणाले बर्तमान सरकार झुटो आश्वासनको भरमा भ्रमको खेती गरिरहेको आरोप लगाएका छन्।
उनले विकृती र बिसंगतिले ग्रस्त भएकाहरुलाई सरकारी आवरणमा सुरक्षित गराएर जनताको मौलीक अधिकारमाथी पैठाजोरी गरेर बस्न बर्तमान सरकारलाई कुनै छुट नभएको बताए। पुर्बमन्त्री राणाले मुलुकका धेरै नागरिकहरुले सिटामोल नपाएर मृत्युबरण गरिरहनुपरेको सम्झँदै सरकार जनताको स्वास्थ्यप्रति जिम्बेवार नरहेको दाबि गरे।
उनले सुरक्षा ऐनको टुंगो लगाउन नसक्नु जताततै बेथिति र अपराध मौलाउदै जानु सरकारको कोसेलीजस्तै भएको बताउदै महासमिति बैठकपछि जनताको अधिकारकै लागि कांग्रेसले एक एक गरि हिसाब खोज्ने दाबी गरेका छन्।
मृगेन्द्र शमसेरले चुनाब लढेको क्षेत्र दोलखा
फरक प्रशंगमा पुर्बमन्त्री राणाले आफ्ना हजुरबुबा मृगेन्द्र शमशेरले २०१५ सालमा दोलखाबाट चुनाब लढेर विजय हाँसील गरेको सम्झिदै दोलखाको विकासमा आफु सदैब लागि पर्ने समेत स्पस्ट पारेका छन्। उनले दोलखाबाट निर्वाचित सांसदहरुलाई समेत नागरिकप्रति उत्तरदायी बन्न आग्रह गरेका छन्।
दोलखाको बैतेश्वर गाउँपालिका र ह्याण्स फर नेपालको संयुक्त आयोजनामा बैतेश्वर १ स्थित गेरिमुदिमा ३ दिने स्वास्थ्य शिबिर सुरु भएको छ। शिबिरको पुर्ब अर्थराज्यमन्त्री उदय शमशेर राणाले एक भब्य समारोहकाबिच उद्घाटन गरेका छन्।
धुलिखेल अञ्चल अस्पताल र त्रिपुरेश्वर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सुरु भएको शिबिरमा महिलाको पाठेघर, आँखा सम्बन्धि उपचार हुने आयोजकले जनाएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सोमबारमात्रै १ सय ३७ जना महिलाहरुले आफ्नो पाठेघर जाँच गराएका छन्।
जसमध्ये ४ जना महिलाको पाठेघरमा क्यान्सरको सम्भावना देखिएको बरिष्ठ प्रसुति रोग बिशेषज्ञ समेत रहेकी गाइनोलोजिस्ट डा. श्रृङ्खला भट्टराइले जानकारी दिइन। उनिहरुलाई सहज उपचारका लागि आबश्यक पहल गर्ने डा. भट्टराईको भनाई छ।
शिबिरमा २ सय २३ जनाले आँखा परिक्षण गरेकोमा मोतियाबिन्दु भएका र अन्य गरि ४४ जना गम्भिर आँखा सम्बन्धि समस्या भएको बिरामी भेटिएको र १८ जनाको सफल सल्लेक्रिया भएको बताइएको छ। आँखा रोग उपचारमा संलग्न बरिष्ठ आँखा रोग बिेषेशज्ञ डा. कमल बहादुर खड्काका अनुसार ग्रामीण तहमा धुलो र धुँवाका कारण पनि आँखाको धेरै समस्या हुने भएकाले आँखाका बिरामी बडेको हुनसक्ने बताएका छन्। शिबिर ३ दिनसम्म सञ्चालन हुने छ।
गैरिमुदीसँगै दोलखाका अन्य विभिन्न विकट बस्तीहरुमा शिबिर सञ्चालन गर्ने तयारी भैरहेको शिबिर ब्यवस्थापक संस्था ह्याण्स फर नेपालका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए।
आफ्नो गाउँमा भब्य शिबिर आयोजना गरेर नागरिकको स्वास्थ्य प्रति सद्भाब राखेको भन्दै गाउँपालिकाले शिबिर व्यवस्थापन गर्ने संस्था ह्याण्स फर नेपाल र स्वास्थ्यकर्मीको टोलीलाई विशेष आभार ब्यक्त गरेको छ। गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले आफुहरु स्वास्थ्य ऐन बनाउन क्रियाशिल भएको बताउँदै नागरिकको अधिकार सुरक्षित गर्न आफुहरु सदैब तयार रहेको प्रतिक्रिया दिएका छन्।