दुई तिहाइ सरकारको बल, नेबिसंघको कार्यक्रममा प्रहरी हस्तक्षेप, दुई घाइते
खेमराज दाहाल
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
304
Shares
उदयपुर । आफ्ना विद्यार्थी पक्राउ परेको विरोधमा नेपाल विद्यार्थी संघ उदयपुरले सोमबार सदरमुकाम गाईघाटमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने कार्यक्रममा विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
पार्टी कार्यालय गाईघाटबाट निकालेको पुत्ला प्रहरीले खोस्ने क्रममा त्रियुगा नगरपालिका ११ गाईघाट सिटिहल अगाडि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।
नेविसंघले पुत्ला जलाउने तयारी गरेको बला प्रहरीले हस्तक्षेप गरे पछि प्रहरी विद्यार्थी विच झडपको स्थिति सृजना भएको थियो । झडपमा नेपाली विद्यार्थी संघका नेता प्रलाद खत्री घाईते भएका छन् ।
झडपमा शसस्त्र प्रहरीका जवान लक्ष्मण श्रेष्ठ पनि घाईते भएका छन् । घाईते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको छ ।
पुत्ला दहन पछि कोण सभालाई संबोध गर्दै नेपाल विद्यार्थी संघ उदयपुरका सभापती सन्तोष कोइरालाले वर्तमान सरकार जनविरोधी भएको बताए ।
विभिन्न बहानामा आफ्नो विचार भन्दा फरक विचार राख्ने सिधा सोझा जनतालाई विभिन्न बहानमा सरकार दुःख दिन लागेको बताए । सरकारको सामान्य विरोध गर्दा पनि जनता गोली खान तयार हुनु पर्ने अबस्था रहेको नेविसंघ नेता रोशन कार्कीले बताए ।
नेपाल विद्यार्थी संघ तपेश्वरी उच्च मावि काभ्रेका इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीको कार्टुन फेसबुकमा पोष्ट गरेको आरोपमा प्रहरीले केही दिन अघि पक्राउ गरेको थियो ।