arrow

भौतिकवादी नास्तिक प्रचण्ड र बादलको यो के मनोदशा ? ‘हैट्, पतनका दृश्यहरूको रमिता पनि कति हेर्नु !’

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
KK-Beni-Prachanda_Galeshworma_1_.jpg

काठमाडौं । पत्नी सीतालाई उपचार गराउने नाममा म्याग्दीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन् । उनले पूजाआजा पनि गरेका छन् ।

उनीसंगै रहेका गृहमन्त्री रामबहादुर थापा बादल समेतले बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेका छन् । 

अध्यक्ष प्रचण्ड बादललाई लिएर म्याग्दी गएका हुन् । त्यहाँ उनीहरुले तातोपानीमा पदीय मर्यादासमेत बिर्सेर मस्तसंग पानीमा खेलेका छन् । 

अरु त ठीकै हो तर जन्मजात धर्मविरोधी भनेर भन्ने, धर्मलाई अफिमको संज्ञा दिने र हिन्दूधर्मअनुसार कुनै पनि संस्कार नअपनाउने प्रचण्ड र बादलले पूजा गरेको पटक्कै सुहाएन । 

त्यसैले त राजनीतिक विष्लेषक खगेन्द्र संग्रौलाले कटाक्ष गर्दै ट्वीटरमा लेखेका छन् – ‘भौतिकवादी नास्तिक हुँ भन्ने पुकदा र राबथा गलित मनोदशामा गलेश्वरको सभक्ति पूजा गर्दै।यो गाईछापे धर्मभीरू हिन्दु मान्यवर मण्डले कमल थापाको पथ हो। पुकदा–राबथा छलाङको गतिमा राप्रपा कमलतर्फ गतिमान् । हैट्, पतनका दृश्यहरूको रमिता पनि कति हेर्नु !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ