arrow

रक्सीले मातेका यूवा संघका अध्यक्षले कुटे होटल सञ्चालक

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
rishi_basnet.jpg

कार्तिक । यूवा संघ लमजुङका अध्यक्ष ऋषी बस्नेतले एक होटल सञ्चालकमाथी कुटपिट गरेका छन् । रक्सीले मातेका अध्यक्ष बस्नेत सहितको तीन जनाको समूहले सदरमुकाम बेसीशहरको शेरा स्थित न्यू घलेगाउँ गेष्ट हाउसका सञ्चालक छविलाल सेढाईलाई विनाकारण कुटपिट गरेका हुन् ।

मंगलबार राती साढे दश बजे आफ्नो होटल बन्द गर्ने क्रममा सेढाईमाथी कुटपिट भएको हो । ‘ममाथी विनाकारण कुटपिट भो, राती पाउना आएकाले ढिलो गरी होटल बन्द गर्दै थिए, एक्कासी आएर कुटपिट गरे, पिडित सेढाईले भने ।

 कुटपिटबाट पिडित सेढाईको टाउको, ओठ र चिउडोमा चोट लागेको छ । राती एक्कासी हल्लाह गर्दै कुटपिट भएपछि प्रहरी पुग्दा प्रहरीमाथी पनि यूवाहरु खनिएका थिए । प्रहरीले उनीहरुलाई राती १२ बजे पक्राउ गरी हिरासतमा राखेको डिएस्पी यादव ढकालले बताए ।

बिहान दुवै पक्षविचको लामो वार्ता पछि पिडित पक्षसँग यूवा संघका अध्यक्षसहित कुटपिटमा संलग्न समूहले पिडितको उपचार खर्च व्यहोर्ने सर्त सहित माफी मागेपछि उनीहरुलाई छोडीएको प्रहरीले बताएको छ । यूवा संघका अध्यक्ष बस्नेत यसअघि पनि पटक–पटक कुटपिट लगाएतका घट्नामा पक्राउ परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ