arrow

काँग्रेसको आर्थिक चासो, अर्थशास्त्रीसँग मागियो सुझाव

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
nc-party-office.png

काठमाडौं । नेपाली काँग्रेसले मुलुकमा समृद्धिको लागि कस्ता कस्ता नीति र कार्यक्रमहरु आवश्यक छन् भन्ने विषयमा अर्थशास्त्रीहरुसँग छलफल गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेदेखि भएको भेलामा पार्टी सभापति शेरबहादुर देउवा सहितको उपस्थिती रहेको थियो। 

पार्टीको आगामी महासमिति बैठकका क्रममा प्रस्तुत गर्ने आर्थिक प्रस्ताव र आर्थिक नीतिको लागि विशेषगरी कस्ता कस्ता विषयहरु प्रस्तुत गर्ने र विपीको प्रजातान्त्रिक समाजवादको मूल मर्म नविग्रने गरी समय सापेक्ष आर्थिक नीति तयार गर्ने विषयमा पनि छलफल भएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। 

उनले नेपालको पिछडिएका क्षेत्रहरुमा पनि विकासको अवसर लैजानको लागि कस्ता कार्यक्रमहरु ल्याउने ? विपीले ल्याएका कस्ता नीतिहरुलाई निरन्तरता दिने र कस्ता नीतिहरु संशोधन गर्ने भन्ने विषयमा पनि सुझाव संकलन गरिएको जानकारी दिए। उनका अनुसार बिहीबार फेरि पनि नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग छलफल गरिने जानकारी दिए। 

अर्थशास्त्रीहरुको सुझावहरुलाई उपयुक्त रुपमा आर्थिक समृद्धिको खाकालाई आर्थिक प्रस्तावमा पेश गर्ने काँग्रेसले जनाएको छ। कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्ले सहित गोविन्दराज पोखरेल, डा.जगदीशचन्द्र पोखरेल, डा। विश्व पौडेल, डा श‌ंकर शर्मा, दूर्गेशमान सिंह भानु आचार्य कृष्ण ज्ञवाली डा लक्ष्मीराज पाठक लगायतको उपस्थिती थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ