arrow

कांग्रेस युवा पुस्ता नेतृत्वमा पुग्ने गरी तात्यो

‘नेतृत्वले गल्ती गर्छ भने नयाँ नेतृत्वलाई ढोका खुल्छ’

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
youth-congress1.jpg

काठमाडौं। नेपाली काँग्रेस संगठित भएर अगाडि बढ्न नसकिरहेका बेलामा युवाहरु एकजुट भएर अगाडि बढ्न कम्मर कसेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाले काँग्रेस कमजोर भएको र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्षम नदेखिएको भन्दै सुजाता कोइरालाको घरमा ‘लञ्च मिटिङ’ भएको केही दिनपछि नै युवा पुस्ता तातेको हो। केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुधबार बोलाएको छलफलमा धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा र जीवन परियार रहेका थिए।  

भण्डारीले पहिलो दिन पाँच भाइलाई भेला पारे पनि आगामी दिनमा यो संख्या बढ्ने बताए ।

बैठकबारे भण्डारीले भने, ‘चुनौती बढिरहेका छन्। पार्टीभित्र आपसी द्धन्द्ध वृद्धि हुँदै गएको छ। विचार मर्दैछ। बलजफ्तीले प्रोत्साहन पाउँँदै गएका छन्। द्धन्द्ध समााधान गर्न, महासमिति बैठकमा नयाँ विचार र दृष्टिकोण प्रस्तुत गर्दै नयाँ चुनौतीको सामना गर्नका लागि सबैले आशा गरेको युवा पुस्ता जाग्नु जरुरी छ।  पुरानो पुस्ता सरकार र प्रतिपक्षी भूमिकामा असफल भएको अवस्था छ। चेपुवामा परेको पुस्ताले यसरी नै मौन धारण गरे पार्टी अगाडि बढ्न सक्दैन। नयाँ विचार जन्मदैन। सीमित व्यक्तिको स्वार्थको पिछलग्नु हुनेबाहेक विकल्प छैन भन्ने महसुसु गरेर एकातिर सरकारको किंतब्र्य विमुढको अवस्था र अर्कातिर पार्टीभित्र धनवानको वाहुल्यता समाधान गर्न युवा नेतृत्व अगाडि बढ्नु पर्छ भनी छलफल सुरु गरिएको हो।’ 

नेता भण्डारीले युवा नेतृत्वले नै वर्तमान सरकारका गलत क्रियाकलाप विरुद्ध लाग्नेछ। सरकार पूरै असफलताको बाटोमा लागिरहेका अवस्थामा त्यसलाई सही काम गर्न झक्झक्याउने छ। राम्रो प्रतिपक्षको भूमिका खेल्नेछ। पार्टीभित्र मौलाएको धनवान र बलबान प्रवृत्तिलाई निष्किृय पार्दै अगाडि बढ्न मद्धत गर्नेछ।’

भण्डारीले युवाहरुको निरन्तर छलफल बसेर कसरी अगाडि बढ्ने भन्ने निक्र्योल गर्ने बताए। उनले देशभरका युवाहरु समेटिने दावीसमेत गरेका छन्। बैठक अन्त पनि बसिरहेको र गुटबन्दी मौलाएको सम्बन्धमा नेता भण्डारीले भने, ‘कसको बैठक कहाँ र कसरी भइरहेको छ भनी हामी पछि लाग्दैनौं अब युवा पुस्ता कसरी अगाडि बढ्ने र काँग्रेसलाई सशक्त पार्टी बनाउने भन्नेमा लागिरहेका छौं।’

भण्डारीले द्धन्द्ध र गलत प्रवृत्ति हावी भयो भने काँग्रेसलाई पुनर्जागरण दिनका लागि पनि काँग्रेस महाधिवेशनमा यही पुस्ता नै अगाडि बढ्न सक्ने बताए। उनले भने, ‘को व्यक्ति भन्ने होइन कुन विचारलाई अगाडि बढ्ने भनेरै लागिरहेका छौं।’

उनले थप स्पष्ट पारे, ‘हामी कहिल्यै ब्यक्ति भएर अगाडि बढेनौं समूह भएर अगाडि बढ्यौं, यो समूहले देशको बारेमा के भन्छ भन्ने हो । यसअघि पनि हामीले हाम्रा असन्तुष्टिहरु केन्द्रीय समिति बैठकमा राखेकै थियौं । हामी सही मार्गमा छौं, सबैलाई समेटेर अगाडि बढ्छौं।’ बुधबार भएको बैठकमा सकारात्मक छलफल भएको र अरु नेताहरु पनि आगामी बैठकमा समेटिने नेता भण्डारीले बताए। उनले आसन्न महासमिति बैठकमा कसरी प्रस्तुत हुने, विधानलाई कसरी सशक्त बनाउने, पार्टीका नीति तथा कार्यक्रम के हुने भन्नेमा पनि गहन छलफलमा लागेको बताए।

महासमिति बैठक फेरि सर्न सक्ने आशंका बढिरहँदा नेता भण्डारीले विधान अनुसार १ वर्षभित्र महासमिति गर्नुपर्छ। यदि समयमै नभए आफैले सार्छ भने नेतृत्व स्वयं असफल भएको प्रमाण हुने बताए। नेतृत्वले गल्ती गर्छ भने नयाँ नेतृत्वलाई ढोका खोल्ने पनि भण्डारीले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ