arrow

कागजात माग्दा ट्राफिकलाई हजार रुपैँया घुस दिने चालक र सहचालक पक्राउ  

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
ghuss.JPG

काठमाडौं । ट्राफिक प्रहरीलाई घुस दिएर फुत्किन खोज्ने चालक र सहचालक पक्राउ परेका छन् ।काठमाडौंको बुद्धनगरमा प्रहरीलाई घुस दिन दिने मिनिट्रकका चालक र सहचालक पक्राउ परेका हुन् । 

प्रहरीले बा २ ख ८१२९ नम्बरको गाडीका चालक जीतबहादुर तामाङ र सहचालक सुजन घलेलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचमा रहेको ट्राफिक प्रहरीले कागजात माग्दा चालकले एक हजार घुस दिन खोजेपछि ट्रकका चालक र सहचालक पक्राउ परेका हुन् । पक्राउ परेका दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ