arrow

निर्मला हत्या प्रकरण :धर्ना बसेका बुबा–आमा तीनैको स्वास्थ्य खस्कियो 

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
nirmala1.JPG

काठमाडौं । १३ वर्षीया छोरीको हत्यारा सार्वजनिकको माग राखेर पाँच दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका बुबाआमाको स्वास्थ्य खस्किंदै गएको छ । 

जिल्ला प्रशासन अघि धर्ना बसेका बुबा यज्ञराज र आमा दुर्गाको स्वास्थ्य अवस्थाबारे महाकाली अञ्चल अस्पतालको चिकित्सक टोलीले जानकारी लिएको छ । चिकित्सक टोलीले धर्नास्थलमै पुगेर निर्मलाका बुबाआमाको स्वास्थ्य परीक्षण  गरेको कञ्चनपुरबाट पत्रकार लक्ष्मण तिवारीले जानकारी दिए । निर्मलाकी कान्छी आमा समेत धर्नामा बसेकी छन् । 

उनीहरु तिनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहरालाई हवाला दिँदै पत्रकार तिवारीले बताए । चिकित्सकले दिएको जानकारी अनुसार निर्मलाका बुबा यज्ञराजको ब्लडप्रेसर कम भएको छ । 

खान र पीउन छोडेकाले  स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो ।  यज्ञराजको घाँटीमा समेत समस्या देखिएको छ भने, फिचर कम छ, अन्य परीक्षणका लागि रगतको नमुना लिइएको छ । ल्याब रिर्पोट आएपछि थप उपचार गर्न अस्पताल लैजाने वा धर्ना स्थलमै उपचार गर्ने भन्नेबारे थाहा हुने चिकित्सक टोलीले बताएको, तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ