arrow

भारतकाे सिकाे : हप्तैपिच्छे पत्रकार सम्मेलन गरेर सरकारका निर्णय सुनाइने

राजदूत फिर्ता बाेलाएकाे जानकारी चार दिनपछि

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
sarkar.jpg

काठमाडौं । सरकारले मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्न हरेक हप्ता पत्रकार सम्मेलन गर्ने भएकाे छ ।सरकारका प्रवक्ता एव‌ं सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता मत्रालयमै पत्रकार सम्मेलन गरि जानकारी दिने बताए । 

बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री बास्कोटाले निणय गरेको २४ घन्टापछि मात्रै सार्वजनिक गर्ने नियम बसालिएकाे सुनाए । उनका अनुसार साप्ताहिक रूपमा गरिने पत्रकार सम्मेलनमा विभिन्न विषयगत मन्त्रालयका प्रवक्ता समेत सहभागि हुने उनले जानकारी दिए । भारतमा हरेक विहिबार विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्ने गरेकाे छ । 

राजदूत फिर्ता बाेलाएकाे जानकारी चार दिनपछि

सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । तर, याे निर्णय २५ गतेकाे मन्त्रिपरिषदले गरेकाे थियाे । राप्रपाका नेता समेत रहेका थापा पुष्पकमल दाहाल का‌ंग्रेसकाे बुँई चढेर प्रधानमन्त्री भएका बेला राजदूत नियुक्त भएका थिए ।

उनलाई तीन हप्ताकाे म्याद दिइएको छ । रिक्त भएको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सुनाए । 

थापालाई फिर्ता बाेलाउने निर्णय गरेकै दिन भारतका लागि निलाम्बर अचार्य, मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरिएकाे थियाे ।यस्तै, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरिएकाे मन्त्री बास्काेटाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ