पाल्पामा ट्रिपर ब्रेक फेल भई एकको मृत्यु, दुर्घटनामा दुई घाइते
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
666
Shares
पाल्पा । जिल्लाका विभिन्न स्थानमा भएको गाडी दुर्घटनामा एकको मृत्यु दुई जना घाईते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका ७ ज्यामिरे स्थित चुनढुंगाखानी भुटुकेबाट नवलपरासीको सर्दि तर्फ चुनढुंगा लिएर जाँदै गरेको लु १ ख ९२११ नम्बर को ट्रिपर ब्रेक फेल भई दुर्घटना भएको छ ।
दुर्घटनामा ट्रिपर चालक नवलपरासी मध्यविन्दु नगरपालिका २ का २८ वर्षका हुमनारायण महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । महतोको शरिरको भित्री भागमा चोट लागेकाले उपचारका लागि मध्यविन्दु सामुदायिक अस्पताल नवलपरासी लैजादै गर्दा मृत्यु भएको हो ।
यता तानसेन नगरपालिका ५ होलाङ्गदीमा पनि जीप दुर्घटना भएको छ । होलाङ्गदीबाट पेट्रोलपम्प तर्फ आउदै गरेको लु १ च ९८२२ नम्बरको जीप ब्रेक फेल भई बुधबार दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइतेका भएका छन् ।
घाईते हुनेहरुमा जीप चालक नवलपरासी बर्दघाट नगरपालिका ४ का ३९ वर्षका नुनप्रसाद भूषाल र गाडीमा सवार तानसेन नगरपालिका १२ का ४२ वर्षका विरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते भूषालको घाटी र छातीमा चोट लागि अवस्था गम्भिर रहेको र घाइते दुवैको युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको अस्पतालले जनाएको छ । गाडी सडक देखि तीन मिटर तल कच्ची सडमा खसेको हो । कच्ची सडमा रोकिरहेको स्कारपियोमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।