arrow

नेकपा कार्यकर्ताले गोली हानेका महतोलाई शहीद घोषणा गरेन सरकारले , १० लाखमा टार्‍यो 

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
PMO1.JPG

काठमाडौं । सरकारले सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई जम्मा १० लाख राहत दिने निर्णय गरेको छ । यस्तै, घाइतेको निःशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ । पीडित परिवारलाई न्याय दिने सन्दर्भमा भने बैठकले केही भनेको छैन । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले महतोलाई शहीद घोषणाको माग गर्दै दोषीलाई कडा कारबाही गर्न भनेको थियो । गएको कार्तिक १३ गते रामनगर गाउँपालिका –४ बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर कांग्रेस कार्यकर्ता स्थानीय ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

अघिल्लो दिन रामविलासका भतिजा तथा वडा अध्यक्षलाई नेकपाका कार्यकताले कुटेका थिए । कांग्रेसले दोहोरो झडप भन्दा पनि दुई ढाई सय कार्यकर्ता उर्लिएर आक्रमण गरेको आरोप लगाएको थियो । 

सरकारले व्यक्ति हत्या जस्तो गम्भीर मानव अधिकार उल्लंघनका घटनामा दोषीलाई कारबाही नगर्ने तर, पीडित परिवारलाई पैँसा बाँड्न रमाइलो मान्ने गरेको आरोप लाग्ने गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले नै सरकारले अहिलेसम्म गम्भीर मानव अधिकार उल्लंघन गर्ने कुनै एक व्यक्तिलाई पनि कारबाही गरेको रेकर्ड नभएको बताएको छ । तर, क्षतिपूर्ति र परिपूरणमा पनि पैँसा खर्च गर्न भने सरकार निकै छरितो रहेको आयोगको ठहर छ ।  

वीरेन्द्र र परिवारका नाममा रहेको जग्गा ट्रष्टमा 
मन्त्रिपरिषद बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ