arrow

भारतबाट चोरी गरि ल्याइएका ५ मोटरसाइकलसहित एक पक्राउ

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
bike-pakrau.jpg

कपिलवस्तु । कृष्णनगर नगरपालिकाको  कुकुरभुकुवा बैगैचा नजिकबाट ५ वटा  अबैध मोटरसाइकलसहित एक जना पक्राउ परेका छन । उक्त मोटरसाइकल भारतीय नाकाबाट नेपाल भित्राईएका थिए ।

प्रहरीले भारतको शान्ताक्रसका २५ बर्षे मोहोम्मद क्याफलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए । भारतीय नम्बर प्लेट रहेको २ वटा हिरो होन्डा, एक बुलेट, एक आपची र एक बजाज कम्पनीको मोटरसाइकल बरामद गरिएको रावलले बताए ।

क्याफलाई पक्राउ गरिए पनि अन्य ब्यक्ति भने फरार भएका छन्। उनीहरुको समेत खोजी कार्य भईरहेको रावलले बताए । पक्राउ गरिएको मोटरसाइकलक भारतको बिभिन्न स्थानबाट चोरी गरी ल्याईएको प्रहरी श्रोतले जनाएको छ ।

 ५ वटा मोटरसाइकलको मुल्य ६ लाख ६५ हजार कायम गर भन्सार चलान गरिएको रावलले बताए । जिल्लामा चाडपर्वका बेला मोटरसाइकल चोरीका घटना बढ्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ