सर्वोच्चमा राजनीतिक असर, २० हजार भन्दा बढी मुद्दा फछ्र्यौट हुन बाँकी
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
460
Shares
काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको चाप दैनिक बढिरहँदा २० हजार भन्दा बढी मुद्दाको टुंगो लाग्न सकेको छैन । अझै २० हजार ४ सय २९ मुद्दामाथि फैसला हुन नसकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले बताए ।
गत आर्थिक वर्षका १९ हजार ६ सय २९ मुद्दाको जिम्मेबारी यसपाली पनि सरेर आएसंगै सर्वोच्च चापमा परेको हो । यो आर्थिक बर्षमा अहिलेसम्म झण्डै ४ हजार ५ सय थान मुद्दा दर्ता भएकामा ३ हजार ६ सय मुद्दा मात्रै फछ्र्यौट भएको छ ।
मुद्दा फछ्र्योट दर कम गर्न ०७४ मंसिर १ गतेबाट लागू हुने गरी बिहान १० देखि साँझ ५ बजेसम्म इजलास सञ्चालनमा आएको थियो ।
राजनीतिक समस्या भएकाले गर्दा मुद्दाको संख्या बढ्न गएको बताइन्छ । अदालतलाई सरकारले नियन्त्रण गर्न खोज्दा यसको चाप बढेको आरोप समेत लाग्न थालेको छ । त्यसैगरी अदालत संविधान बमोजिम चल्न नसकेको समेत विश्लेषण गरिएको छ ।