arrow

भारतको निर्वाचनले नेपालमा प्रभावः झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
nepal-india-flag.jpeg

दार्चुला । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । 

धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मंसिर २ गतेका दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म भारतको पिथोरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुँदैछ ।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । 

निर्वाचनलाई लक्षित गरी शुक्रबार साँझ ५ बजेदेखि मङ्सिर २ गतेसम्म धार्चुला उक्त निर्वाचनलाई मध्यनजर गरी पुल बन्द हुने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ