arrow

द्धिबेदीद्धारा कांग्रेस जिल्ला सभापतिबाट स्वनिलम्बनको घोषणा

अनुकरण गर्न अरुलाई दबाब

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
ajay-dwibedi.jpg

पर्सा । नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिबेदीले स्वनिलम्बनको घोषणा गरेका छन् । गत निर्बाचनमा पार्टीले भोग्नु परेको पराजयको सबैले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै आफ्नो तर्फबाट आत्मालोचना गरी एक साताका लागि उनले स्वनिलम्बनको घोषणा गरेका हुन् । 

द्धिबेदीको यो घोषणापछि आगामी आइतबारदेखि एकसाताका लागि वीरगञ्जकी उपप्रमुख समेत रहेकी कांगेस नेतृ शान्ति कार्कीले पर्सा कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछिन् । 

पर्सामा आयोजित एक कार्यक्रममा सभापति द्धिबेदीले गत चुनाबमा कांग्रेसको हारको नैतिक जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् । 

उनले हरेकले आफूबाट भएको गल्तीप्रति आत्मालोचना गर्दै आगामी दिनमा पार्टीलाई एकढिक्का बनाउने गरी काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

सभापति द्धिबेदीले गरेको स्वनिलम्बनको घोषणालाई पर्सा कांग्रेसका नेताहरुले स्वागत गरेका छन्। सामाजिक संजालहरुमा द्धिबेदीको कदमको स्वागत गर्दै 
द्विबेदीको अनुसरण केन्द्रीय नेतृत्व तथा सबै जिल्ला कार्य समितिले गर्नुपर्ने सुभाव समेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ