arrow

सिमा सुरक्षाको लागि नेपाल भारत बिच संयुक्त गस्ती

logo
अंगद यादव,
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
received.jpeg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा सिमा सुरक्षाको लागि नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती सम्पन्न गरिएको छ। बिशेष गरि सिमा क्षेत्रमा भईरहेको बढदो चोरी तस्करी, मानव बेचविखन, अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागी बिहिबार सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र सशस्त्र सिमा बल एसएसबी.झुलनीपुरले संयुक्त गस्ती गरेका हुन।

संयुक्त गस्तीको क्रममा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी नायब निरिक्षक पृथ्वी बहादुर शाहीको नेतृवमा रहेको गस्ती टोली र सशस्त्र सिमा बल एसएसबी झुलनीपुरको सशस्त्र प्रहरी निरिक्षक टिसरिङिग चोस घिलको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०० देखी स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।

गस्तीको क्रममा पिलरको अवस्था सिमा अतिक्रमण साथै सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो ।

संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट ६ जना,सशस्त्र सिमा बल एस.एस.बी.बाट ४ जना र नेपाल प्रहरीबाट २ जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ