arrow

७ महिने नाबालिका प्रहरी हिरासतमा

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
bajura-district.png

बाजुरा(मार्तडी) । बाजुराको गौमुल गाउँपालिका–४ कमला कुमारी थापा (रोकायाकी ७ महिने नाबालिका छोरीलाइ एक सातादेखि जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखेको पाइएको छ ।
 
संविधानमा समेत १० वर्ष उमेर नपुगेका बालबालिकालाई प्रहरीले कुनै कारबाही गर्न नपाइने उल्लेख भएपछि बाजुरामा भने ७ महिने नावालिकालाई एक साता देखि हिरासतमा राखिएको प्रति नाबालिकाका आफन्तले आपत्ती जनाएका छन् ।
 
नेपालको संविधानले १० वर्ष मुनिका बालबालिकालाई यातना दिन नपाइने संविधानमा उल्लेख गरेको अधिबक्ता हर्क खडायतले बताए ।  नाबालिकालाई एक सातासम्म हिरासत राख्नु प्रहरी कार्यालय नै गैर कानुनी काम गर्न थालेको अधिबक्ता खडायतको भनाई रहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धबसिं भाटले भने– “नाबालिकाकी आमा कमलालाई सोही वडाकी संगिता रोकायाले ठगी मुद्धा दायर गरेपछि आमालाई प्रहरीको महिला सेफ हाउसमा राखिएको छ ।”
 
उनले उक्त वडामा रहेको बाल विकास केन्द्रको कर्मचारी राख्ने विषयमा विवादपछि ठगीको उजुरी  जिल्ला प्रहरी कार्यालयमा आएपछि पक्राउ गरी हिरासत नभई महिला प्रहरीसंग दोषी रोकायालाई राखिएको बताएका छन् ।

७ महिने नाबालिका प्रहरीको हिरासतमा एक साता देखि राख्दा पनि जिल्लामा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था र अधिकारकर्मीले चासो नदेखाएको बताइएको छ । एक नाबालिकालाई हिरासतमा राख्दा महिला र जिल्ला बाल अधिकार समन्वय संजाल समेत मौन रहेको आफन्तले आरोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ