arrow

जीप किनेको २ महिनामै गयो मालिकको ज्यान, ब्याक गर्दा १५० मिटर तल खसेर मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार

बझाङ । जीप दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । से १ ज ५६२ नम्बरको जीप दुर्घटनामा परि जीप मालीक तथा चालक मष्टा गाँउपालीका वडा नम्बर २ तुती बस्ने ३२ बर्षिया किरण धामीको घटना स्थलमा नै मृत्यु भएको घटना स्थलबाट राजेन्द्र खड्काले बताए।

 सदरमुकाम चैनपुरबाट जिल्ला भित्रै मष्टा गाँउपालीकाको खेतकोट सम्म यात्रु पुर्याई ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको हो । जीप सडक बाट झण्डै १५० मिटर तल खसेको छ ।

घटना स्थलमा प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । जीप चालक तथा जीप धनी धामीले जीप खरीद गरेको २ महिना मात्रै भएको जनाईएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ