arrow

शनिबार सातौं राष्ट्रिय कर दिवस मनाईँदै  

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
ird-inland-tax-department.jpg

काठमाडौं । अर्थमन्त्रालयले शनिबार सातौं राष्ट्रिय कर दिवस मनाउँदैछ । नेपालले २०५४ सालमा लागूगरेको मूल्य अभिबृद्धि करको सुरुवाती दिनलाई आधारमानेर नेपालले हरेक मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउँदै आएको छ । 

हरेक वर्ष विभिन्न ठूला करदाताहरुलाई सम्मान गर्दै मनाउन लागिएको यो दिवस नेपाल प्रज्ञाप्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजनाको गरी करदाताहरुलाई सम्मान गर्ने कार्यतालिका रहेको आन्तरिक राजश्व विभागले जानकारी दिएको छ । उक्त समारोहलाई अर्थमन्त्री डा। युवराज खतिवडाले सम्बोधन गर्नेछन् ।

आन्तरिक राजश्व विभागको आयोजना केन्द्रीय तहमा मनाइने उक्त हुने कार्यक्रममा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने १५ जना करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, प्रत्येक आन्तरिक राजश्व कार्यलयबाट १र१ जना उत्कृष्ठ कर्मचारीलाई समेत पुरस्कृत गरिने जनाइएको छ । त्यस्तै कर दिवसको दिनमा देशभर विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिनेछ चने अघिल्लो वर्ष उक्त कार्यक्रममा प्रथम हुनेहरुलाई प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कृत समेत गरिनेछ ।

उक्त कार्यक्रम आयोजनाका लागि आन्तरिक राजश्व विभागका महानिर्देशकको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । सो समिति अन्तर्गत ७ ओटा उपसमिति समेत गठन गरिएको आन्तरिक राजश्व विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ