arrow

सरकार विरूद्ध उत्रिए शिक्षक, देशभर शिक्षा कार्यालयमा धर्ना

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ मंसिर १ शनिबार
sikshak.jpg

झापा । नेपाल शिक्षक महासंघ केन्द्रीय संघर्स समितीको देशब्यापी शान्तिपुर्ण धर्ना तथा बिरोध कार्यक्रम अन्तर्गत शुक्रबार देशभरका ७७ वटै शिक्षा बिकास तथा समन्बय एकाइहरुमा आफ्ना २६ बुँदे माग पेश गर्दै बिरोध तथा धर्ना कार्यक्रम गरेको छ ।

कार्यक्रममा देशभरका सामुदायिक  बिध्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्ना साझा माग राखी आन्दोलनमा उत्रिएका छनI केन्द्रीय संघर्स समितीको निर्देसन अनुरुप तेस्रो चरणको कार्यक्रम अन्तरगत कार्तिक ३० मा हरेक जिल्लामा रहेका शिक्षा बिकास तथा समन्वय एकाइमा बिरोध सभा गरिएको हो ।

झापा जिल्ला, शिक्षा बिकास तथा समन्बय एकाइमा पनि शान्तिपूर्ण धर्ना तथा बिरोध सभा सम्पन्न भएको छ । बिरोध सभामा  झापा जिल्ला अन्तरगतका  सामुदायिक बिध्यालयबाट  करिब ४५० शिक्षक  तथा कर्मचारीहरु  कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा अधिकांश बक्ता शिक्षकहरुले शिक्षकको पेसागत हकहितको ग्यारेन्टी गरि राज्यबाट शिक्षक पेसालाई सम्मानित पेसा बनाउन अनुरोध गरे ।             

कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रीय महासचिब लक्ष्मी सुबेदीले " नेपाल   भरी सबै शिक्षक एकै थरी " बनाउन  आवस्यक रहेको अबगत गराउदै यस कार्यमा राज्य जिम्मेवार ढंगबाट लाग्न अनुरोध गरे।   पेसागत अधिकारका लागि लड्ने शिक्षकहरुले पनि आफ्नो सस्था र पद्धति निर्माण गरे शिक्षक पनि सुरक्षित हुने कुरामा जोडदार ढङ्गले लाग्न अभिप्रेरित गर्दै संघीय शिक्षा ऐन शिक्षकको हितमा हुने गरि निर्माण गर्न दबाब दिदै ऐनलाई शिक्षकको पक्षमा ल्याउन भरमग्दुर रहने प्रतिबद्धता जाहेर गरे।                          

मन्तव्यकै क्रममा सुवेदीले शिक्षकका लागि निबृतीभरण उपदान र औषधी उपचारको खर्च संघीय शिक्षा ऐनले लिनु पर्ने बताए ।साथै शिक्षकहरुले नेतृत्वको बारेमा अबिस्वास गरे नेतृत्व अघि नबड्ने जिकिर गर्दै हरेक शिक्षकले नेतृत्वलाई आट र साहस दिनु पर्ने बताए ।  साथै शिक्षा मन्त्रालयले केही दिन अघि जारी गरेको  ६ बुदे निर्देसिकामा सरकारको समर्थनमा लेख्न छुट हुने तर बिरोधबारे लेख्न नपाइने ब्यबस्था शिक्षकको अधिकार र हित  बिपरित भएकोले नेपाल शिक्षक महासंघ यसको बिरुद्धमा रहने उनले प्रष्टयाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ