संविधानले सबै जनतालाई एक ठाउँमा जोडेको छ : कोइराला
प्रकाशित २०७५ मंसिर १ शनिबार
322
Shares
विराटनगर। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालको संविधानले सबै जाति र धर्मका जनतालाई एक ठाउँमा जोडेको बताएका छन्।
कौमी एकता मञ्च विराटनगर नेपालद्वारा आज यहाँ आयोजित इण्डो–नेपाल मशायरा बहुभाषी कविता सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “संविधानले विभिन्न जात, जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गर्छ।” कोइरालाले नेपालको संविधानले सबै जात र जातिलाई समान अधिकार प्रदान गरेको छ भने।
कौमी एकता मञ्च विराटनगर नेपालका अध्यक्ष ताजिम अहमदको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता हसन अन्सारीले बहुभाषी कविता सम्मेलनले सबैलाई एकताबद्ध बनाउने बताए। कार्यक्रममा विराटनगरबाट प्रकाशित उद्घोष दैनिकका सम्पादका मोहन भण्डारी, भगवान झा, गुड्डु मिया, अबुल हसन नदवी, सङ्गीता मिश्र र सनातन मण्डललाई पनि सम्मान गरिएको थियो।