देउवा विरुद्ध केन्द्रीय कार्यालयमै लाग्यो नारा (भिडियो)
प्रकाशित २०७५ मंसिर २ आइतबार
219
Shares
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको कार्यशैलीलाई लिएर नेबिसंघ कार्यकर्ताले केन्द्रीय कार्यालयमै नाराबाजी गरेका छन् । नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आइतवार सभापति देउवा पुग्दा नेबीसंघ कार्यकर्ताले ‘टिके प्रथा अन्त्य गर' भन्दै नाराबाजी गरेका हुन् ।
उनिहरुले टिके प्रथा बाट नभै निर्वाचन प्रकृयाबाट नै नेविसंघ नेतृत्व् चयन गर्न माग गर्दै नाराबाजी गरेका थिए । नेविसंघको महाधिवेशन समयमै गराउन गठित निर्देशन समितिको बैठकमा सहभागी हुन सभापति देउवा सानेपा पुगेका हुन् ।
आईतवार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको विद्यामान केन्द्रिय कार्यसमितिको विकल्पको रुपमा अर्को समिति बनाउने वा अहिलेकै समितिलाई महाधिवेशन गर्न म्याण्डेड दिने भन्नेमा विवाद छ ।
गत २१ असोजको केन्द्रिय समिति बैठकमा नेविसंघले बुझाएको विधानलाई एकातिर थन्काएर ३२ वर्षे उमेर हद सहितको विधान केन्द्रिय समिति बैठकमा प्रस्तुत गरिएको थियो। सो विधानलाई उमेरहद कायम गरेर पार्टी नेतृत्वले बहुमतले पारित समेत गरेको थियो।
तर सोही दिनको बैठकको निर्णयमा असहमती राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका चार शिर्ष नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए। त्यसपछि नेविसंघका विषयमा पार्टी भित्र विवाद देखिदैं आएको थियो।
तर शनिबारको केन्द्रिय समिति बैठकमा भने सभापति शेरबहादुर देउवा आफूले बहुमतबाट पारित गरेको नेविसंघ विधानलाई फेरी व्याक गराएर छलफलमा ल्याउन सहमत भएका छन।
उनले आइतबार बस्ने बैठकमा नेविसंघले पठाएको विधान जस्ताको तस्तै ल्याउन सहमहामन्त्री समेत रहेका प्रकाशसरण महतलाई निर्देशन दिएका हुन। यो सँगै अब संस्थापन इतर समूहमा रहेका चार नेताको ‘नोट अफ डिसेन्ट’ सम्बोधन हुने भएको हो। तर विधानमा ३२ वर्षे उमेर हदका विषयमा भने सबै जसो नेताहरु सहमत भएका छन।