वामी। बागलुङको वडिगाड नदिमा एक महिलाको शव फेला परेको छ ।
गुल्मीको मालिका गाउँपालिका वडा नं.५ घर भएकी ८२ बर्षिय बृद्धा श्रीकला जिसीको शव नदीमा फेला परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।
वडिगाड गाँउपालिकाको खारबजार नजिकै आईतबार बिहान खोलमा तैरिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
आईतबार बिहान वडिगाड महोत्सव हेर्ने र आफनो छोरालाई गुल्मीकोवामीमा भेट्ने गरी घरबाट हिडेकी श्रीकला खोला तर्ने क्रममा चिप्लीएर लडेका कारण ज्यान गएको हुन सक्ने प्रहरी प्रमुख यादवले बताए ।