नेकपाका नेताले भने - महतोको हत्यारालाई संरक्षण गर्दैनौ
प्रकाशित २०७५ मंसिर ३ सोमबार
293
Shares
सर्लाही । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेताहरुले सर्लाहीको रामनगरमा भएको घटनाका दोषी, आफ्नै पार्टीका कार्यकर्ता भएपनि संरक्षण नगर्ने बताएका छन् । सोमबार सदरमुकाम मलंगवास्थित जिविस मैदानमा आयोजित सभालाई सम्वोधन गर्दै नेकपाका नेताहरु शिवपुजन राय, रामेश्वर राय, राजनारायण साह, अच्यूतम काफ्ले, नेतृ अनिता देवी लगायतले सो कुरा बताएका हुन् ।
गत कार्तिक १३ सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका तर्फबाट रामनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्ष राम नरेश महतोको काका ५५ वर्षिय राम बिलास महतोको मुख र पेटमा गोली हानि ज्यान लिएका थिए ।
आक्रमणमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो,मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका थिए ।
महतो मारिएको विरोधमा आन्दोलित भएको कांग्रेस सर्लाहीले मृतकको परिवारलाई सरकारले दस लाख रुपैयाँ राहत रकम उपलब्ध गराएपछि आन्दोलन फिर्ता लिएको थियो भने हत्यारालाई कारबाहीको माग गर्दै आएको छ ।