arrow

इलाममा बिपीको शालिक अनावरण

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
bp1.jpg

इलाम । इलाममा बिपी कोइरालाको शालिक अनावरण गरिएको छ । सोमबार एक कार्यक्रमबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बिपी कोइरालाको शालिक अनावरण गरेका हुन् ।

नेपाली कांग्रेस माई नगरपालिकाको आयोजनामा जिल्लाको माई नगरपालिकामा रहेको दानाबारीमा कोइरालाको शालिक स्थापना गरी सोमबार अनावरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले प्रदेश सरकारलाई अधिकार नदिई प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नुले संघीयता धरापमा पार्न सरकार आफैं लागिपरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजता परियार, प्रदेश १ का मुख्य सचेतक केदार कार्की, पूर्व सांसद केशव थापा, इलाम सभापति हिमालय कर्माचार्य, नेपाल शिक्षक संघ प्रदेश १ अध्यक्ष पूर्णप्रसाद गौतमलगायतले मन्तव्य राख्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न नागरिकलाई आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ