ओली सरकारको मुखैमा डाक्टरले हाने झापड, घुस मागेपछि दिए राजीनामा
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
411
Shares
काठमाडौं । चाकडी गरी जागिर खान भन्दा बरु राजीनामा दिने भन्दै वीर अस्पतालका न्यूरो सर्जरीमा कार्यरत प्रा. डा. ध्रुवराज अधिकारीले उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिएका छन् । उनले भ्रष्टाचार र घुसखोरी विरुद्ध नयाँ अभियान सुरु गर्दै राजीनामा दिएका हुन् ।
राजीनामा बुझाउने प्रा।डा। अधिकारी वीर अस्पतालमा कार्यरत नवौं तहका चिकित्सक हुन् । साथै,उनी न्यूरो सर्जरी युनिट प्रमुख समेत हुन् । प्रा।डा। अधिकारी स्वास्थ्य मन्त्रालयमा बुझाइएको राजीनामा पत्रमा वीर अस्पतालले बारम्बार पत्र लेख्दा तथा आफूले अथक प्रयास गर्दा पनि खाली भएको पदमा अन्य उम्मेदवार नहुँदा समेत आफूलाई पोष्टिङ नगरिएको उल्लेख गरिएको छ ।
विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत अधिकारी चार महिना पछि निवृत हुँदैछन् । निवृत हुन चार महिना बाँकी रहेको अवस्थामा आफूलाई पोखरा सरुवा गरिएको प्रा.डा. अधिकारीको भनाई रहेको छ ।
अधिकारीको यो राजीनामाले स्वास्थ्य मन्त्रालयमा झाँगिएको चाकडी र घूसको विकृत अनुहार उदांगिएको छ । हाल केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरमका अध्यक्ष यादवले सम्हालिरहेका छन् ।