- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरुलाई पार्टीमा प्रवेश गराएको छ । शुक्रबार आयोजित विशेष कार्यक्रममा नेकपाका नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा तत्कालीन माओवादीका पूर्व केन्द्रीय सदस्य रामप्रसाद न्यौपाने र मित्रसेन योञ्जनसहित एमाले र राप्रपाका एक हजार जना कांग्रेसमा प्रवेश गरे ।
मोरङ क्षेत्र न ३ मा कांग्रेस नेता डा सुनिल शर्माको सक्रियतामा नेकपा छाडेका उनीहरुलाई कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला र गगन थापाले पार्टीको सदस्यता र टीका लगाएर कांग्रेस प्रवेश गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यडा.कोइराला नेकपामा वितृष्णा पैदा भएको बताए । त्यस्तै नेता गगन थापाले कांग्रेसलाई मिलाएर लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।