arrow

कांग्रेस महासमितिले विशेष महाधिवेशन बोलाउने निर्णय गरोस्

logo
मोतिलाल भण्डारी,
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार

काठमाडौं ।  नेपाली कांग्रेस यतिखेर महासमितिमा प्रस्तुत हुने विधान राजनैतिक आर्थिक र सांगठनिक प्रतिवेदनमाथि बहस र गुटगत भेला र आफू अनुकुल विधान परिमार्जन गर्ने दिशामा केन्द्रित छ । समग्रमा कांग्रेस बलियो बनाउने भन्दा आफू कसरी नेतृत्वमा पुग्न सकिन्छ भन्नेमा सिमित छ ।

नयाँ पुस्तालाई कांग्रेसमा आकर्षण गर्ने भातृ तथा शुभेच्छेक संगठनलाई नियमन र बलियो बनाउने कार्य ओझेलमा परेको छ । कांग्रेस निर्माणको बलियो आधार वडा मानिन्छ । वडा कार्यसमिति बलियो बनाउने र अधिकार प्रत्यायोजन गर्ने, सघीयतलाई अधिकार सम्पन्न बनाउने भन्दा केन्द्रिकृत विधान निर्माण गर्नेमा बढी जोड दिइएको पाइन्छ । कांग्रेसमा नयाँ पुस्ताको लागि लगभग निशेध जस्तै छ । पार्टीमा अनुशासन छैन, पार्टी निर्णयमा सहभागितामूलक छैन, विधानको पूर्ण पालना छैन, पार्टीको कार्यक्रमहरु प्रायः शुन्य छ, वैचारिक पक्ष कमजोर छ, अन्य पार्टीलाई हेर्ने दृष्टिकोण वस्तुपरक छैन, संगठन भित्र काम गर्ने भन्दा चाकडी गर्नेको प्रवृत्ति हावी छ ।

जनप्रतिनिधिहरुलाई नियमन गर्ने मापदण्ड नै छैन । पार्टीले जनतासँग जोड्ने भावनात्मक सम्बन्ध नै छैन । पार्टी लगायत भातृसंगठन समय अवधिमा विधिपूर्वक अधिवेशन गर्ने र नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको विकास भएको छैन । जनतालाई सुशासन दिने र वर्गीय मुद्दाहरु उठाउने चलन त कमी नै छ । विगतका निर्वाचनमा अनपेक्षित हार व्यहोरेको शिथिल कांग्रेस यावत समस्याहरुको बीचमा कांग्रेस महासमिति बैठक हुँदैछ ।

समग्र कांग्रेसजनलाई महासमितिले उत्साह दिन्छ या कांग्रेस महासमिति विगतको जस्तो कर्मकाण्डी बन्छ ? हेर्न बाँकी नै छ । महासमितिले समग्र कांग्रेस सुधारको निर्मम समीक्षा गरी भविष्य उज्यालो बनाउने दस्तावेजीकरण बन्छ, बन्दैन ? समाज विकासको तिब्रगति रोलमोडल आयामहरु आत्मसाथ गर्छ, गर्दैन ? नयाँ नयाँ विचारहरुलाई समावेश गरी पार्टीलाई आशा लाग्दो एकता प्रदर्शन गर्छ, गर्दैन ? जिम्मेवारी र कर्तव्यको पालना गरी नयाँ पुस्तालाई आह्वान गरी अन्य पार्टीका मानिसहरुलाई कांग्रेसमा आउँ आउँ भन्ने वातवारण बन्छ या बन्दैन ? समग्र जनता, राष्ट्रसेवक, व्यापारी, वुद्धिजीबिलाई आम सुरक्षाको प्रत्याभूत गरी विदेशी लगानी भित्र्याउने, शिक्षा, स्वास्थ्य, रोजगार र आवासको व्यवस्था मिलाउने र भ्रष्टाचार मुक्त समाजको बाटोमा अगाडि बढ्छ, बढ्दैन ? अनेक विषयहरुलाई चिरफार गरी कांग्रेस संचालनमा पारदर्शी भएर समाज विकासमा आसा जगाउन सकिने विधानबाट मात्र पार्टी सुधार हुन सक्छ । पार्टीको विधानको पूर्ण पालना र स्वार्थी आचारण सुधार गरी कांग्रेस सुधार गर्ने दस्तावेज बनाएर अगाडि बढ्ने हो भने कांग्रेस नयाँ र बलियो बन्न सक्छ ।
 
प्रजातान्त्रिक परिपाटीमा गत निर्वाचन पार्टी नराम्रो प्राजय भएपछि नियम अनुसार पनि वर्तमान नेतृत्वले पार्टीको जिम्मेवारी अर्काे पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । त्यो केन्द्र मात्र होइन जिल्लादेखि वडासम्म जिम्मेवारीलाई बदलिएन भने कांग्रेस बदलिदैन, देश बदलिदैन लोकतन्त्र, गणतन्त्र सृदृढ हुँदैन । तसर्थ अहिलेको पुस्ताले कांग्रेस सुधारको लागि विश्राम लिएर नेतृत्व हस्तान्तरण गर्छ गर्दैन भन्ने बहस मात्रै छैन । समग्र लोकतन्त्रको शुद्धिकरण कांग्रेसबाट खोज्नको लागि पटकौ पटक सांसद मन्त्री केन्द्रीय समितिमा भएकालाई मात्र होइन न की नयाँ नयाँ विचार सिद्धान्त बोकेका युवाहरुलाई दियो भने कांग्रेस सुधार हुन्छ । यो कार्य गर्न महासमितिले विशेष महाधिवेशनको आह्वान गरी पार्टी सुधार गर्नु पर्छ । जय नेपाल !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ