arrow

गगनलाई विवादमा तान्ने अखिलका महरलाई नेविसंघका पौडेलको चुनौती, आफै असुल्ने अरूलाई दोष दिने

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
poudel-nsu.JPG

काठमाडौं। अनेरास्ववियुका महासचिव ऐन महरलाई नेविसंघमा क्रियाशिल नेता कार्यकर्ताहरुले चुनौती दिएका छन्। जसरी पनि क्याम्पसबाट रकम असुल्ने प्रवृतिका महरले अर्नगल प्रचार गर्दै कांग्रेस नेता गगन थापा बिरुद्ध बिष वमन गरेपछि नेविसंघका नेताहरुले आइतबार त्रिचन्द्र क्याम्पस बाहिर खुल्ला चुनौती दिएका हुन् ।

नेपाली कांग्रेसका नेता गगन थापालाई मिथ्या आरोप लगाउँदै गुण्डा शैलीमा त्रिचन्द्र कलेजमा मुडभेठ गर्न आउन निम्तो दिएका महरलाई नेविसंघका कार्यकर्ताहरुले अभिव्यक्तिबाटै झापड दिएका हुन् ।

नेविसंघ त्रिचन्द्र क्याम्पसका इकाई अध्यक्ष समेत भएका विद्यार्थी नेता बिष्णु पौडेलले महरलाई चुनौति दिदै भने  ' त्रिचन्द्र क्याम्पस बनाउन चाहनुहुन्छ भने आउनुहोस हामीसँग हातेमालो गरौ होइन भने क्याम्पस प्रशासनमा झगडा गरेपनि पैसा माग्ने कुटाइ खाएपनि पैसा माग्ने तपाईको हिजोको नियत सबैलाई प्रष्ट छ। पहिला लिइएको हिसाबकिताब हेर्नुभएको छ। म महरलाई चुनौती दिन चाहन्छु तपाइसँग दुई तिहाइ छ  हतियार छ  सिंगो राज्य संयन्त्र छ। आउनुहोस त्रिचन्द्र क्याम्पसको हिसाब किताब हेर्नुहोस ।'  

पौडेलले भने, ' स्ववियुसँग हिसाबकिताब मागेर हेरिसके। तपाई हिम्मत छ, दम छ भने त्रिचन्द्र क्याम्पस छिरेर हेर्नुस। हेर्ने नाममा लेखामा फेरी चेक लिएर हिड्दै गरेको यो आखाले देख्न नपरोस। हिजोका दिनमा अनेक बहाना बनाएर क्याम्पस प्रशासनमा गएर संगठनको नाममा पैसा लिएर हिड्ने तपाईहरु नै हो। अनि बाहिर चर्का कुरा गरेर बस्ने।'



नयाँ