arrow

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दूर्घटना  

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
rabindra-adhikari-helecopter.jpg

काठमाडौं । तेह्रथुमकाे आठराई चुहानडाँडामा एयरपाेर्टको सम्भाव्यता अध्ययनका लागि स्थलगत भ्रमण गरी फर्किएलगत्तै पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ ।

चुहान डाँडाको कार्यक्रम सकेर पाथिभरा जाने क्रममा ताप्लेजुङको सिस्नेमा हेलिकाेप्टर दुर्घटना भएको आठराई चुहानडाँडाबाट पत्रकार अमृत बास्ताेलाले जानकारी दिए । 

सो हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ७ जना सवार रहेको डायनोस्टिक एयरले जनाएको छ ।  दूर्घटनास्थलमा ताप्लेजुङ र तेह्रथुम दुवैतर्फबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धारका लागि थप टाेली काठमाडाैंबाट बाेलाउने तयारी भइरहेकाे बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ