arrow

पर्यटनमन्त्री चढेको हेलिकप्टर दूर्घटनापछि गृहमन्त्रालयमा आकस्मिक बैठक

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
Rabindra_Prasad_Adhikari.jpg

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दूर्घटनापछि गृह मन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बसेको छ । सुरक्षा निकायका सबै संयन्त्रको गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको हो । बैठक पछि गृहले सबै सुरक्षा निकायका संयन्त्रलाई मोविलाइज हुन निर्देशन दिएको छ । मन्त्रालयमा प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितका अधिकारीहरु गृह मन्त्रालय पुगेका थिए ।   

हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङक्षिरिङ शेर्पा, व्यवसायी विरेन्द्र प्रसाद क्षेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, क्याप्टेन प्रभाकर केसी र अर्जुन कुमार घिमिरे रहेको गृहले जनाएको छ ।

मन्त्रीसहित ७ जनाको टोली पाथिभरा मन्दीर दर्शन गर्न जाँदै गर्दा दुर्घटना भएको बताईएको छ ।  दूर्घटनामा मानविय क्षति भए नभएको जानकारी आउन बाकिँ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ