arrow

ताप्लेजुङमा दुई हेलिकप्टर दूर्घटनाले लग्यो दुई बहालवाला मन्त्री

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
jopal-rai-rabindra-adhikari.jpg

काठमाडौं । पछिल्लो डेढ दशकमा मात्रै दुई हेलिकप्टर दूर्घटनामा परी दुई जना बहालवाला मन्त्रीको दूर्घटना भएको छ । त्यो पनि दुबै दूर्घटना पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा नै भएको हो । 

बुधबार एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङबाट डेढ किलो मिटर यता जंगलमा दूर्घटना भएर पर्यटन मन्त्री रविन्द्र अधिकारीको ज्यान गएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरेका छन्। तर, प्रदेश प्रहरीले दिएको जानकारी अनुसार पर्यटन मन्त्री रविन्द्र अधिकारीको ज्याकेटको टुक्रा भेटिएको छ । 

आज भन्दा १३ वर्ष अघि ताप्लेजुङको घुन्सामा २०६३ साल असोज गते श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा तत्कालीन वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राईको ज्यान गएको थियो । सो दुर्घटनामा राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा। हर्क गुरुङ, संरक्षणविद् डा। तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ