arrow

सार्वजनिक बिदामा विनापास सरकारी सवारी चलाउने २९ चालक कारबाहीमा

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार

काठमाडौँ । ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ चालकलाई काराबाही गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले शनिबार विनापास सरकारी तथा संस्थानको सवारी चलाउने उक्त चालकलाई कारवाही गरेको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको बताए ।

महाशाखाले फागुन २४ गते पनि १७ सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । 

महाशाखाले सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई पास लिएर चलाउन आग्रहसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ