arrow

गिरिजा बाबुको स्मृतिमा विचार गोष्ठी आयोजना गरिने

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
girijaprasad-koirala-story-FNL.jpg.jpeg

बागलुङ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोइरालाको स्मृतिमा जीपी कोइराला फाउण्डेशन बागलुङले विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

फाउण्डेशनको शनिबार बसेको बैठकले आगामी चैत्र ९ गते स्व.कोइरालाको संझनामा विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।  लोकतन्त्र शान्ति र विकासका निम्ती कोइरालाले मुलुकमा गरेको योगदानको स्मरण गदैं कार्यक्रमको आयोजना गरिएकोजीपी कोइराला फाउण्डेशन बागलुङका अध्यक्ष महेन्द्र प्रसाद कंडेलले बताए ।

बिचार गोष्ठीमा केन्द्रस्तरका नेताहरुको सहभागिता रहने अध्यक्ष कंडेलले जानकारी दिए । वि.स. १९८१ असार १८ मा जन्मेका कोइरालाको २०६६ साल चैत्र ६ गते निधन भएको थियो । नेपालको राजनीतिमा राजनेताको रुपमा परिचित कोइराला ४ पटक सम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।

उनि तत्कालिन सात राजनैतीक दलहरूको मोर्चाको नेता थिए । तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम कोइरालाको नेतृत्वमा भएको थियो ।  ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न भएका स्वर्गिय कोइराला आफ्नो राजनीतिक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए ।

कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका सात प्रदेश विभिन्न जिल्ला र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्दै आएको फाउण्डेशन बागलुङका सचिव विकास पौडेलले बताए ।

सोहि बैठकले फाउण्डेशनलाई बागलुङमा गठन गर्नका लागि प्रदेश तथा केन्द्रले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गरेको छ ।  फाउण्डेशनल आगामी दिनमा जिल्लाका हरेक  स्थानिय तह र वडाहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ