arrow

कांग्रेस महामन्त्री कोइरालाको एक हप्ते जिल्ला भ्रमण तय

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
sasank-new-pc.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका छन् । महामन्त्री कोइरालाको जिल्ला भ्रमण चैत्र ११ गतेबाट सुरु हुनेछ ।

 कोइराला दाङमा जीपी कोइराला फाउन्डेशनको कार्यक्रममा सहभागि हुनका लागि चैत्र ११ गते दाङ जानेछन् । कोइरालाले १२ गते दाङमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका नीजि सचिव एंव कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइराला दाङपछि नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । कोइरालाले चैत्र १३ गते नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेले आयोजना  गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महामन्त्री कोइरालाले नेपालगञ्जबाट कपिलबस्तुमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि चैत्र १४ गते कपिलबस्तु पुग्नेछन्।

त्यसैगरि कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ । उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई १६ गते सम्बोधन गरि गुल्मी जानेछन् । चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागि भएर कोइराला काठमाडौं फर्कने कार्यक्रम रहेको तिवारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ