arrow

पूर्वन्यायाधीश लालको नेतृत्वमा गठित प्रतिवेदन सार्वजनिक गर्न माग

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
Supreme-Court-Nepal.jpeg

काठमाडौँ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा सांसद वृर्षेशचन्द्र लालले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरी मधेश र थरुहट आन्दोलनका क्रममा घटेका मानवअधिकार र अन्य घटनाबारे अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयन गर्न माग गरेका हुन् ।

“सरकार र स्वतन्त्र मेधशी गठबन्धनबीच शुक्रवार भएको ११ बुँदे सहमतिबारे सरकारले जवाफ दिनुपर्छ” उनले भने। सांसद लालले वर्तमान सरकारले मधेशी समुदायका समस्यामा बेवास्ता गरेका कारण राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत जानकारी गराए ।

राष्ट्रियसभाको शूल्य समयमा बोल्दै सांसद अनिता देवकोटाले सरकारले जतिसक्दो चाँडो अस्थायी शिक्षकको समस्या समाधान गर्नुपर्ने माग गरिन्। सांसद इन्दु कडरियाले पश्चिम सेती आयोजनालाई अगाडि बढाउनुपर्नेमा सरकारको ध्यानाकषर्ण गराइन् ।

सांसद उदय शर्मा पौडेलले शिव रात्रिको अवसरमा पशुपति क्षेत्रमा नागा बाबाहरुले विकृति पैलाएको भन्दै आपत्ति जनाए । सांसद तारादेवी भट्टले गरिबीको रेखामुनि रहेका जनताको सवालप्रति सरकार गम्भीर नभएको आरोप लगाए । सांसद खेमकुमार विकले मुलुकको समसामयिक विषयमा धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ