arrow

केपी ओलीको राष्ट्रबाद सिके राउतको पाउमा पोखियो : प्रवक्ता शर्मा

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
biswaprakash2.jpg

बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबाद सिके राउतको पाउमा पोखिएको आरोप लगाएका छन । उनले केपी ओलीलाई प्रश्न सोध्दै भने,'प्रधानमन्त्री जी सिके राउतसँग कस्तो खालको राष्ट्रबाद हो ? के सिके राउतको पाउ मोल्ने यही राष्ट्रबाद ?'

प्रवक्ता शर्माले ओलीको महान राष्ट्रबाद जनताले कांग्रेस हार्नुका कारण देख्न पाएको बताए । शर्माले बुढिगण्डकी परियोजना ओलीले रातातात सुनको किस्तीमा हालेर विना प्रतिस्पर्धा चिनको एक कम्पनीलाई बुझाएको बताएका छन । उनले कम्युनिष्ट सरकारलाई मत दिएपनि वर्तमान सरकारले जनताका अधिकारलाई खोस्ने मात्रै काम गरेको टिप्पणी गरे । मुलुकमा हरेक परिवर्तनको नेतृत्व कांग्रेसकै पालामा मात्रै सम्भव रहेको छ ।

प्रवक्ता शर्माले भने,'समृद्धिको नेतृत्व पनि कांग्रेसले मात्रै गर्न सक्ने छ । ओली जी तपाई देश कम्युनिष्ट सासनले हाक्न खोज्दै हुनुहुन्छ तर यसरी देश बन्दैन् ।' शर्माले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर जितेपछि रमाएका कम्युनिष्टहरु ठुला कुरा मात्रै गर्दै हिडेको बताए । जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाउन नसक्ने वर्तमान सरकार पूर्ण रुपमा असफल भएको उनको भनाई थियो । शर्माले केपी ओली कलाकारको भुमिका खेलेको र एउटा कलाकर राष्ट्रनिर्माणमा लागेको बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ