arrow

सरकारको एक वर्ष उखान टुक्का सुनाउदै ठिक्क : देउवा

logo
नारायण रिजाल,
प्रकाशित २०७५ फागुन २६ आइतबार
deuba15.jpg

बागलुङ ।  नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले अप्रजातान्त्रिक शैलिबाट देश चलाउन खोजेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारले आफ्नो एक बर्ष समय उखान टुक्का विताउँदै ठिक्क भएको बताए ।
 
नेपाली कांग्रेस बागलुङले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकार जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने चालबाजी रचेको बताए । ‘हामी सरकारको गतिवधि एक वर्ष हेयौं, सरकार प्रजातन्त्र मास्न खोजेको छ, देउवाले भने, 'केपी ओली जे पायो तेही बोलेर हिँडेर देशमा समृद्धि आउँदैन् । मुलुकमा जनता समृद्धि चाहेका छन । सरकार महंगी र भ्रष्टाचार भएको देख्दैन ।'

पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले सरकारले निर्मला पन्तको हत्यारा लुकाउने काम गरेको आरोप लगाए । उनले सरकारले घट्नाको दोषी पत्ता लगाउनु भन्दा पनि दोषलाई लुकाउन खोजेको जिकिर गरे । देउवाले कांग्रेसले पूर्वाधार तयार गरेपनि वर्तमान सरकार विकास र समृद्धिको यात्राबाट बिचलित भएको बताए ।

सरकार जनताको भावना विपरितका गतिविधिलाई अगाडी बढाएको छ, यस्तो कार्य हेरेर बस्न सक्दैनौँ, सभापति देउवाले भने,' मुलुकमा भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता घटना दिनानुदिन बढेका छन । जनताले शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार असफल भएको छ ।'

देउवाले कांग्रेस पार्टी नभएको भए मुलुकमा संवैधानिक संकट पर्ने बताए । कम्युनिष्टहरु मुलुकलाई सवैधानिक संकटमा पार्न खोजेका थिए उनले भने, 'यदी कांग्रेस नेतृत्वमा भएको बेला निर्वाचन नबनाएको भए मुलुकमा सैवधानिक संकटमा पर्ने थियो । संकट बाट बचाउन निर्वाचन गराऔं तर जनताले यो कुरा बुझेनन् हामी हार्न बाध्य भयौं ।' निर्वाचनमा हारे पनि राष्ट्रलाई संकटबाट बचाउन पाउँदा कांग्रेसलाई कुनै पछुतो नभएको उनको भनाई थियो ।

देउवाले कांग्रेसको विधान समावेशी ढंगले निर्माण भएको बताए । उनले पार्टीको नेतृत्व पंतिमा महिला, जनजाती, मधेशी लगायतले  पुग्ने सक्ने गरी विधान बनाएको आम कार्यकर्तालाई जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ